पोखरामा जीप चोरेर भाग्दै गरेका युवक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा जीप चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १४ खाल्टेमसिनाका वर्ष २० का गोविन्द परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार गएराति १ः३० बजे पोखराको अमरसिंहचोरमा पार्किङ गरिराखेको ग२च २३४३ नम्बरको बलेरो जीप चोरेर भाग्दै गरेको अवस्थामा परियारलाई पक्राउ गरिएको हो ।

उनी उक्त जीप चलाएर हिंड्दै गरेको अवस्थामा पोखरा १४ को मसिनतरामा भेटिएका थिए ।

जीप हराएको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले परियारलाई जीपसहित पक्राउ गरिएको डीएसपी विकले बताए ।

परियारबिरुद्ध चोरी तथा डाँकासम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी विकले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button