पोखरामा लागूऔषधसहित एक युवक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १३ गौंडामुखका वर्ष २३ को शिशिर कुँवर छन् ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ८ बजे गौंडाकोमुखबाट कुँवरलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

उनको साथबाट ६ सय ६४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुँवरबिरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button