पोखराको चिप्लेढुङ्गामा खुल्याे ए. आर. सरिता ज्वेलर्स

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ चिप्लेढुङ्गामा २२ वर्षका युवाले सुनचाँदी पसल सञ्चालनमा ल्याएका छन् । सुन पसल पोखरा ट्रेडमलको ठीक अगाडि, मुनाल स्टोर्सको आडैमा रहेको छ ।

पोखरा १२ अन्नपूर्ण टोल निवासी रोशन सुनारले ए.आर.सरिता ज्वेलर्स बुधबारदेखि सञ्चालनमा ल्याएका हुन् ।

ज्वेलर्समा २ करोड ५० लाख रुपैयाँ लगानी भएको सञ्चालक सुनारले बताए । उनका बुबा राजकुमार सुनारले पोखराको बगर र भारतमासमेत लामो समयदेखि सुन व्यवसाय गर्दै आएका छन् ।

स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्य राखेर आफूले व्यवसाय गर्ने सोँचका साथ ज्वेलर्समा लगानी गरेको सञ्चालक सुनारले बताए ।

पुर्ख्यौली पेसासमेत यहि भएका कारण पनि आफ्नो रोजाईमा ज्वेलर्स परेको उनले सुनाए । उनका अनुसार व्यवसाय शुभारम्भको अवसरमा माघ १८ गतेसम्म ज्यालामा ५० प्रतिशत छुट दिइनेछ ।

ज्वेलर्सका संरक्षक राजकुमार सुनारले आफ्नो छोराले सुन व्यवसाय सञ्चालन गर्ने सोँच बनाएपछि आफूले साथ दिएको बताए ।

उक्त ज्वेलर्सको बुधबारको उत्तम साइतमा पोखरा रोयल सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना) र चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी संघका अध्यक्ष देवबहादुर भुजेलले उद्घाटन गरे ।

सो अवसरमा गुरुङले देशको परिस्थिति र आर्थिक संकट गरिरहेको अवस्थामा पनि युवाले व्यवसाय अघि बढाउनु अत्यन्तै खुशीको कुरा भएको बताइन् ।

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी संघका अध्यक्ष देवबहादुर भुजेल युवाहरु विदेश पलायन भइरहेको अवस्थामा रोशनले स्वदेशकै व्यवसाय सञ्चालन गर्नु निकै प्रशंसनीय हुने भन्दै यसले निकै राम्रो सन्देश प्रवाह हुने बताए । स्थानीय व्यवसायी जनकराज सुवेदीले ज्वेलर्सको उच्च सफलताको शुभकामना व्यक्त गरे ।

तस्बिरहरु

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button