आजको मौसम : पहाडी भूभागमा वर्षा, तराईमा हुस्सु र कुहिरो

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल गण्डकी र कोशी गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ ।

आज दिउँसो गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति भने गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, कोशी, बागमती, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button