पोखरा-१२ मा महिला स्वयंसेविकालाई क्षमता अभिवृद्धि तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ ले महिला स्वयंसेविकालाई क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुका साथै स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा महिला स्वयंसेविकाका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुका साथै स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

वडाका १० जना स्वयंसेविकालाई वीपी सेट, थर्मोमिटर, अक्सिमिटर, तौल नाप्ने यन्त्र लगायतका सामाग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष सन्तोष बास्तोलाले कार्यक्रमले स्वयंसेविकालाई सक्षम बनाउनुका साथै सेवा प्रवाह चुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष बास्तोलाले वडाले युवा स्वरोजगार, महिला उद्यमी तथा विभिन्न सिपमूलक कार्यक्रम गर्दै आएको बताए ।

वडाले युवाहरुको लागि विभिन्न तालिम, सिलाइ कटिङ्ग तथा वाद्यवादन सम्बन्धित तालिम प्रदान गर्दै आइरहेको उनले स्पष्ट पारे ।

शहरी स्वास्थ्य केन्द्रका प्रमुख सिर्जना थापाले तालिमले स्वास्थ्य स्वयंसेविकालाई महत्वपूर्ण सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा वडा सदस्य शान्तबहादुर थापा र वडासचिव महेश्वर अर्याल पनि बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button