नेपाल माइक्रो इन्स्योरेन्सको पोखरा प्रमुखमा पौडेल नियुक्त

पोखरा । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको पोखरा शाखा प्रमुखमा श्रीकृष्ण पौडेल नियुक्त भएका छन् । कम्पनीले पौडेललाई शादा प्रमुखमा हालै नियुक्त गरेको बताइन्छ । पौडेलले शाखा प्रमुखको जिम्मेवारी पनि सम्हालेका छन् । नेपाल माइक्रो निर्जीवन लघु बीमा कम्पनी हो ।

स्याङ्जामा जन्मिएका पौडेल एक दशकदेखि बीमा क्षेत्रमा काम गर्दै आएका छन् । उनले यसअघि सगरमाथा, लुम्बिनी, सिद्धार्थ, सानिमा लगायत इन्स्योरेन्स कम्पनीमा काम गरेका थिए ।

पोखराको न्यूरोडमा मंसिर २८ गतेदेखि कम्पनीको शाखा कार्यालय सञ्चालनमा आएको होे । पोखरा शाखा गण्डकी प्रदेशकै पहिलो हो । कम्पनीले यसअघि पोखराको यातायात कार्यालयलाई मध्यनजर गर्दै तेस्रो पक्ष बीमा काउन्टर सञ्चालन गरेको थियो ।

कम्पनीले देशका विभिन्न स्थानमा बीमा सेवा पुर्याउने उद्देश्यले शाखा कार्यालयहरु विस्तार गर्दै आइरहेको छ । कम्पनीले ‘सानो इन्स्योरेन्स ठूलो केयर’ भन्ने मूल अभिप्रायका साथ शाखा कार्यालयहरु विस्तार गर्दै आइरहेको छ ।

लघु बीमा कम्पनीको बीमा शुल्क अतिनै सस्तो रहेको हुँदा सानो रकममा पनि सम्पत्तिको ठूलो सुरक्षा गर्न सकिने कम्पनीले जनाएको छ ।

पोखराबाट गण्डकी प्रदेशका ग्रामीण क्षेत्रका निम्न आय भएका व्यक्ति सीमान्तकृत समूहहरुलाई विभिन्न निर्जीवन जोखिमविरुद्ध सुरक्षाको सुनिश्चितता कायम राख्ने कम्पनीको लक्ष्य छ । कम्पनीले लघु बीमा सेवाहरु विस्तार गर्न विस्तृत योजनाको विकास तथा कार्यान्वयन गर्ने पनि जनाएको छ ।

कम्पनीका पोखरा शाखा प्रमुख पौडेलका अनुसार लघु बीमाको उपलब्धता एवं क्रयशक्ति बढाएर उनीहरुको जीविकोपार्जनमा आउन सक्ने, अप्रत्याशित घटनाहरुको प्रभावलाई कम गर्ने कम्पनीको लक्ष्य छ ।

प्रतिस्पर्धा गर्ने मात्र नभई उत्कृष्टता हासिल गर्ने र सीमान्तकृत समूहहरुका लागि लघु बीमा सेवाहरुको वर्तमान खाडललाई सम्बोधन गरेर निर्जीवन जोखिमहरुको वित्तीय प्रभावलाई कम गर्न सुरक्षा प्रणालीका साथै समाजका सबै भन्दा कमजोर आय भएका सदस्यहरुलाई सशक्त बनाउने उद्देश्य कम्पनीको छ ।

निर्जीवन लघु बीमाका माध्यमबाट मात्रै ग्राहकको जीवन शैलीमा परिवर्तन ल्याउनुका साथै देशको आर्थिक समृद्धिमा योगदान पुर्याउने शाखा प्रमुख पौडेलको विश्वास छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button