पोखरा । आज पनि सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६ सय ५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्यसमेत घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको हो ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो बुधवार तोलामा १ हजार ४ सय रुपैयाँ कायम थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution