जनसेवी सहकारीको अध्यक्षमा ढकाल निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ स्थित जनसेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा तीर्थ शर्मा ढकाल निर्वाचित भएका छन् ।

संस्थाको दोस्रो अधिवेशनले ढकाललाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा गीता चापागाईं, सचिवमा भीमराज पण्डित, कोषाध्यक्षमा बाबुराम अधिकारी र सहसचिव गोपालप्रसाद शर्मा छन् ।

यसैगरी सञ्चालक समितिको सदस्यमा किशोरराज ढकाल, कला शाही छन् । लेखा समिति संयोजक गुमानबहादुर थापा र सदस्यद्वय सुस्मिता केसी र सम्झना क्षेत्री छन् ।

संयोजक युवराज ढकाल, युवराज शर्मा ढकाल र रामप्रसाद भण्डारी सदस्य रहेको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button