बागलुङ पुगेका दुर्गा प्रसाइँमाथि हातपात

पोखरा । आफ्नो अभियानका क्रममा बागलुङ पुगेका दुर्गा प्रसाइँमाथि हातपात भएको छ ।

उनीमाथि बागलुङ बजारको लोकतान्त्रिक चोकका एक व्यवसायीले हातपात गरेको बताइएको छ ।

हातपात गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यद्यपि प्रहरीले प्रसाइँमाति हातपात भए, नभएको भन्ने कुरा एकिन भन्न नसकिने जनाएको छ ।

‘आरोपित व्यक्तिलाई पक्राउ गरेका छौँ, अनुसन्धान गर्दैछौं’, जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीले भने ।

‘दुर्गा प्रसाइँको समर्थकले लछारपछार गरेपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिएका हौँ, हातपात भन्ने विषयमा अनुसन्धान गर्छौँ’, उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button