टिपर दुर्घटनामा सहचालकको मृत्यु

बैतडी । टिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा सहचालकको मृत्यु भएको छ ।

बिहीबार(आज) बिहान मेलौली नगरपालिका-६ हतरंगास्थित सडकमा सु.प.प्र.०१००१ क २३९४ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक सोही नगरपालिका-१ नोर्खादेही बस्ने २० वर्षीय रोहित दयालको मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button