घान्द्रुकमा कास्की प्रहरीको नागरिक सुनाई

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा कास्कीको घान्द्रुकमा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ ।

कार्यक्रमको अध्यक्षता गरेका कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाले कास्की प्रहरीलले सम्पादन गरेका काम कार्वाही, जिल्लाको शान्ति सुरक्षा व्यवस्था, अपराध न्यूनीकरणका लागि गरिएका पहल, नविन कार्य, भावी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

नागरिकबाट उठेका जिज्ञासाको संवोधन गर्दै एसपी थापाले दूर दराजमा रहेका नागरिकसँग प्रत्यक्ष रुपमा भेट गरी नागरिकको गुनासो सुन्ने तथा सुझाव सङ्कलन गर्ने कार्यक्रमको मुख्य योजना रहेकोसमेत उनले स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले नागरिकको शान्ति सुरक्षाका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. १० र ११ का वडाध्यक्ष, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिका साथै स्थानीय सहभागी थिए ।

उक्त अवसरमा प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले जातीय भेद्भाव तथा छूवाछूतसम्बन्धी प्रशिक्षण दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button