पोखरा । पोखरामा जारी बाह्र्रौँ पोखरा महोत्सवमा आज शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुति रहने भएको छ ।
महोत्सवको नवौँ दिन आज दिउँसोको स्टेज शोमा एलिना चौहान र साँझको लाइभ ब्याण्डमा दार्जिलिङको चर्चित मन्त्र ब्याण्डको प्रस्तुति रहने महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा शुक्रबार एलिनासंगै जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सविना गुरुङ, शान्ता बर्देवा, माधव चापागाई, कमला गैरे, विनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुति रहने छ ।
महोत्सवको आठौं दिन सकिँदा दर्शक बढ्दै गएका छन् । महोत्सवमा राखिएका स्टलमा ब्यापारसमेत बढेको आयोजक युनाइटेड क्लवले जनाएको छ ।
महोत्सवमा भेषभूषामा तस्विर खिचाउने, हिमाली याकको अवलोकन गर्ने, नेपाल टेलिकमको निःशुल्क सिम लिने, घोड सवार गर्नेकोसमेत भीड लागेको छ । महोत्सवमा अनलाइनमार्फत टिकट काट्न सक्ने र हरेक दिन ३ जनालाई निःशुल्क टिकटको समेत ब्यवस्था गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution