पोखरामा टाइगरकप भलिवल : गण्डकी फाइनलमा

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिवल प्रतियोगितामा पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ । गण्डकीले उपाधिका लागि टिपटप हेल्प नेपाल स्पोर्टस क्लबसँग भिड्ने भएको छ ।

शुक्रबार भएको सेमिफाइनलमा आआफ्ना खेल जित्दै गण्डकी र हेल्प नेपाल उपाधि नजिक पुगेका हुन् ।

गण्डकीले सशस्त्र प्रहरीको एपीएफलाई सोझो ३-० को सेटमा र टिपटप हेल्प नेपालले श्रीलङ्का आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

गण्डकी पहिलो र तेस्रो संस्करणको टाइगर कप जितेको थियो । टिपटप हेल्प नेपाल भने पहिलोपटक फाइनलमा पुगेको हो ।

यस्ता, प्रतियोेगिता अन्तर्गत महिलातर्फ तेस्रो स्थानको उपाधि त्रिभुवन आर्मीले जितेको छ । शुक्रबार भएको प्रतिस्पर्धामा आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ सेटले हराएको हो । तेस्रो स्थान आर्मीले रु १ लाख २५ हजार ५५५ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।

महिलातर्फको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन एपीएफ र चन्द्रागिरी न्यू डायमण्ड भिड्ने भएका छन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको दुवै इभेन्ट विजेताले रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले नगद रु २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button