म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ ।
मंसिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रथम चौमासिक समिक्षा कार्यक्रममा सहभागी हुन आएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री जुग्जालीको प्रस्तावमा चित्रे घोडेपानी सडक स्तरोन्नति गर्न यसै वर्ष बहुबर्षिय ठेक्का प्रक्रीया सुरु गर्ने घोषणा गरेका थिए ।
घोडेपानीदेखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष रु ३० लाख बिनियोजन भएको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको छ ।
कास्कीको नयाँपुल, तिखेढुुंगा, उल्लेरी हुदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा-बेनी-जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ ।
सडक सहज भएपछि घोडेपानी-पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयबासीलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।
अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ ।
यहाँ वार्षिक ३० हजार जना भन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution