पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा विद्यार्थीका लागि सचेतना कार्यक्रम गरिएको छ ।
समितिले पोखरा महानगरपालिका वडा नं. २१ निर्मलपोखरीस्थित जनचेतन माविका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई हिंसा, जातीय विभेद तथा साइबर अपराधसम्बन्धी सचेतना गराएको हो ।
कार्यक्रममा समाजमा बढिरहेका हिंसाका, जातीय विभेदका घटना तथा साइबर अवराधका विषयमा प्रशिक्षण गराइएको थियो ।
उक्त घटना तथा अपराधबाट मानिसहरु कसरी फस्न सक्छन् र यस्ता अपराधबाट बच्न के गर्नुपर्छ भन्नेबारेमा विद्यार्थीलाई सचेत गराइएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीलाइ जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहाले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक रोकाहाले पछिल्लो समय प्रायः सबैको हातहातमा मोबाइल हुने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्ता अध्याधिक बढेको र साइबर सम्वन्धी अपराध दिनानुदिन बढ्दै गएको बताए । उनले यस्ता अपराधबाट सतर्क रहने उपाय र कानूनी उपचारका विषयमा प्रशिक्षण गराएका थिए ।
कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय सचिव जगतमोहन गिरीले सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसबाट हुने दुर्घटनाबाट बच्नका लागिसबै सचेत हुन आवश्यक रहेको बताए ।
उनले हिंसा, जातीय विभेद तथा साइबर अपराधका विषयमा आफूपनि सचेत रहन र अरुलाई पनि सचेत गराउन आग्रह गरे ।
कार्यक्रममा नेपाल दशनामी समाज गण्डकीका सचिव बेबराज गिरी, जनचेतन माविका प्रधानाध्यापक अर्जुन पौडेल, नेपाल दशनामी महिला समिति कास्कीका अध्यक्ष सपना गिरीलगायतले बोलेका थिए ।
समितिका अध्यक्ष सूर्य गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजु गिरीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution