पोखरामा एकैपटक १८ जना ज्येष्ठ प्राध्यापक सम्मानित

पोखरा । पोखरामा एकै थलोमा १८ जना ज्येष्ठ प्राध्यापक सम्मानित भएका छन् । निवृत्त प्राध्यापक समाज पोखराले १८ जना ज्येष्ठ प्राध्यापकलाई सम्मान गरेको हो ।

समाजले ७५ वर्ष भन्दामाथिका निवृत्त प्राध्यापकलाई निवासमै पुगेर सम्मानसमेत गर्दै आएको छ ।

सम्मानित हुनेहरुमा जोर्ज जोन, डा. एलियामा जोन, प्रा.डा. भूपति ढकाल कमल, प्रा.डा. भवानीप्रसाद पाण्डे, प्रा.डा. विजयराज शर्मा छन् ।

यसैगरी डा. गेहेन्द्रमान उदास, प्रा. कृष्णप्रसाद अर्याल, गोविन्दप्रसाद जोशी, प्रेमबहादुर राई, पीताम्बर शर्मा, बालगोपाल अमात्य, उदयबहादुर अमात्य, पवित्रमणि पौडेल, टीकाराम कोइराला, उमाकान्त शर्मा, चतुर्भुज शर्मा पौडेल, दुर्गा बराल र ओमबहादुर कार्कीलाई पनि सोही अवसरमा सम्मान गरिएको समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सम्मानित व्यक्तित्व जोर्ज जोनले समयको कालक्रममा सहकार्य र सहयात्रा गरेका ३ पुस्तालाई एकै थलोमा भेट्न पाउनु अत्यन्त गौरवको विषय भएको बताए ।

प्रा. डा. भूपति ढकाल कमलले प्राध्यापकहरूमा अन्तर्निहीत सीप, दक्षता र क्षमतालाई राज्यले सही तरिकाले प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले केही प्राध्यापकहरू आफ्नो पदीय मर्यादा भुलेर दलीय दलदलमा फस्नु दुःखको कुरा भएको बताए ।

डा. वासुदेव भण्डारीले प्राध्यापकको निवृत्त जीवनलाई थप क्रियाशील गराउन संस्थाले स्थापनाको छोटो समयमा गरेका गतिविधिबाट आफू निकै प्रभावित भएको बताए ।

डा. गेहेन्द्रेश्वर कोइरालाले समाजले आफ्ना अभिभावकको योगदानको स्मरण गरेर स्तुत्य कार्य गरेको बताए ।

समाजका उपाध्यक्ष प्राध्यापक पद्मशरण रेग्मीले राज्यलाई पु¥याएको योगदानको कदर र विभिन्न कालक्रमका सहयात्रीको पुनर्मिलनकारूपमा संस्थाको नीतिनुसार कार्यक्रम आयोजना गरिएको बताए ।

समाजका कोषाध्यक्ष चन्द्रकान्त रेग्मीले समाजलाई मजबुद बनाउँदै अगाडि बढाउने उद्देश्यले कोष स्थापनाका लागि जोर्ज जोनबाट १ लाख, बालगोपाल अमात्यबाट ५० हजार र पिताम्बर शर्माबाट २५ हजार रुपैयाँ र अन्यबाट पनि स्वेच्छिक सहयोग प्राप्त भएको जानकारी दिए ।

समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रा.डा. ज्ञानबहादुर कार्कीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button