पोखरामा टाइगर कप : आज उपाधिका लागि भिडन्त हुँदै

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिवल प्रतियोगितामा आज उपाधिका लागि भिडन्त हुने भएको छ ।

जसअन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस क्लब भिड्दै छन् । यस्तै महिलातर्फको उपाधिका लागि एपीएफ र चन्द्रागिरी न्यू डायमण्ड भिड्दैछन् ।

दुवै खेल आज दिउसो पोखरा रंगशालास्थित भलवल कोर्टमा हुनेछ । प्रतियोगिताको समापन पनि आजै हुँदैछ ।

प्रतियोगिता विजेताले रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले नगद रु २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै तेस्रो स्थानको उपाधि त्रिभुवन आर्मीले जितेको छ । आर्मीले रु १ लाख २५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button