मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा बास्तोला निर्वाचित

पोखरा । मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा चिन्तामणि बास्तोला निर्वाचित भएका छन् ।

संस्थाको १४औं साधारणसभा तथा पाँचौं अधिवेशनले बास्तोलालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल, द्वितीय उपाध्यक्षमा प्रकाशराज पौडेल, महासचिवमा पदम श्रेष्ठ, सचिवमा राजन कुमाल, कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग र सहकोषाध्यक्षमा झङ्कनाथ अधिकारी (नारन) निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा कृष्णलाल रञ्जित, मनोज बाँस्तोला, राजन पौडेल, विश्व प्रधान र सुमन श्रेष्ठ छन् ।

पूर्वअध्यक्ष महेन्द्र बजीमय संयोजक, वसन्त बास्तोला र घनश्याम गौतम सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button