धर्मस्थली स्कूलमा पुस्तकालय भवन शिलान्यास र रक्तदान

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयमा पुस्तकालय भवन बन्ने भएको छ । विद्यालयको भूपू विद्यार्थी मञ्चको सक्रियतामा उक्त भवन बनाउन लागिएको हो । शनिबार भवनको शिलान्यास भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरत खत्रीले भवनको शिलान्यास गरे । भवन निर्माण सम्पन्न गर्न करिब १० लाख रुपैयाँ लागत अनुमान गरिएको भूपू विद्यार्थी मञ्चका संयोजक दिनवन्धु गौतमले जानकारी दिए । भवन निर्माणका लागि प्रा.डा. खत्रीले २ लाख ४१ हजार २ सय २१ रुपैयाँ सहयोग गरेका छन् ।

यसैबीच पूर्व विद्यार्थी मञ्चको आयोजनामा शनिबार रक्तदान कार्यक्रम पनि भएको छ । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा डा. खत्रीले पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बराललाई व्लड व्याग हस्तान्तरण गरि कार्यक्रम शुभारम्भ गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि खत्री, वडाध्यक्ष बराल, वडा सदस्य गोविन्द प्रसाद पराजुली, नेपाल रेडक्रस सोसाइटी पोखरा-५ का पूर्व सभापति कृष्णमणि भुर्त्याल, रेडक्रस कास्कीका उपमन्त्री रमा कोइराला, बाराही मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्री, विद्यालयका पूर्व प्रधानाध्यापक केदारनाथ बराल, प्रधानाध्यापक बदनकुमारी शर्मा, पूर्व विद्यार्थी डा. त्रिभुवन शर्मा लगायतले बोलेका थिए ।

मञ्चका संयोजक दिनवन्धु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सदस्य हरिषचन्द्र अधिकारीले स्वागत र सचिव वसन्त गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

यी दुवै कार्यक्रम विद्यालयको स्वर्ण महोत्सवको सन्दर्भमा आयोजना गरिएको संयोजक गौतमले बताए । विद्यालयको स्वर्ण महोत्सव विशेष समारोह माघ १३ गते हुँदैछ ।

यस अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण, मानसिक रोग सम्बन्धी सचेतना, आँखा शिविरका साथै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम जारी छ ।

स्वर्ण महोत्सवको तयारी तीव्ररुपमा अघि बढिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।

माघ १३ गते विविध सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, पुरस्कार वितरण र विद्यालयको नयाँ भवन उद्घाटन हुने उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button