लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मादीमा गुरुङ

पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मादी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले टेकबहादुर गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

महासंघको उपसभापतिद्वयमा राम प्रसाद गुरुङ, तारा रानामगर, सचिवमा सन्तोष गुरुङ, सहसचिवमा प्रविण गुरुङ र कोषाध्यक्षमा जसबहादुर गुरुङ छन् ।

यसैगरी कार्यसमिति सदस्यमा सूर्यबहादुर गुरुङ, कुमार गुरुङ, मसिना तामाङ, रोशमाया गुरुङ, टीका गुरुङ, दीर्घ गुरुङ र संगीता गुरुङ छन् ।

निर्वाचन अधिकृत सुमना सुवेदीले नयाँ कार्यसमिति घोषणा गरेकी थिइन् ।

कार्यक्रम महासंघका केन्द्रीय सदस्य टोपबहादुर थापा मगर प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button