लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ पोखरा महानगरमा गुरुङ

  • पोखरा न्यूज
  • २०८० माघ ६
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ पोखरा महानगरमा गुरुङ

पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ पोखरा महानगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले वीरबहादुर गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

महासंघको उपसभापतिद्वयमा सुरज प्रकाश भुजेल र मैया गुरुङ, सचिवद्वयमा रवीन्द्र थापा र श्रीमाया थापा, सहसचिवद्वयमा सम्झना भुजेल र सूर्यबहादुर थापा, कोषाध्यक्षमा रुद्रबहादुर राना मगर, प्रवक्तामा निर्मल बाटाजु छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा सुरेन्द्रमान पालिखे, मधु धौवन्जार, मीना माकाजू, चीनमाया पुन, सुकुमाउा थापा मगर, नवीन तामाङ, सर्मिला श्रेष्ठ, चम्पासिंह गुरुङ, कुशल जिसी र शान्ति मगर छन् ।

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस