नेविसंघ पृथ्वीनारायण क्याम्पसको सचिवमा कोइराला

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पृथ्वीनारायण क्याम्पस मूल इकाई समितिको सचिवमा प्रयास कोइराला मनोनित भएका छन् ।

पोखरा-५ प्रस्याङ निवासी कोइराला सानैदेखि नेविसंघमार्फत विद्यार्थी राजनीतिमा सक्रिय थिए ।

इकाई सभापति सुशिल न्यौपानेले यहि माघ ५ गते कोइरालालाई सचिवको जिम्मेवारी दिएका हुन् ।

सभापति न्यौपानेले इकाईलाई चुस्त, दुरुस्त, चलायमान र क्रियाशील बनाइराख्न कोइरालालाई सचिवको जिम्मेवारी दिइएको उल्लेख गरे ।

सचिवमा मनेनित भएका कोइरालाले सभापतिको विश्वासलाई टुट्न नदिने र आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

साथै उनले पृथ्वीनारायण क्याम्पससहित समग्र कास्कीको शिक्षा क्षेत्रमा भएका र देखिएका बेथिति, विकृति र विसंगतिविरुद्ध खरोरुपमा उत्रने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button