पोखरा-३३ मा भजनकीर्तन तालिम

  • पोखरा न्यूज
  • २०८० माघ ७
पोखरा-३३ मा भजनकीर्तन तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ मा भजनकीर्तन तालिम सम्पन्न भएको छ । स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजन कीर्तन तालिम आयोजना गरिएको वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।

पुरानो संस्कृतिका रूपमा रहेको भजन चुट्का लोप हुने अवस्था आएपछि संरक्षणका लागि तालिम प्रदान गरिएको उनले बताए ।

“गाउँ गाउँमा पहिले सामूहिक भजन गाउने संस्कृति थियो, खुसियालीका अवसरमा समेत भजन गाउने प्रचलन थियो’, वडाध्यक्ष अधिकारीले भने, ‘अहिले पुरानो पुस्ता कमजोर बन्दै गएपछि यो लोप हुने अवस्थामा पुग्यो, तसर्थ यसलाई पुस्ता हस्तान्तरण गर्ने र संरक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले यस प्रकारको तालिम दिइएको हो ।” वडा नं.३३ का गाउँगाउँहरूमा भजन संस्कृतिको विकास गरिने उनले बताए ।

साबिक लेखनाथ नगरपालिकाको वडा नं.१६, १७, १८ का विभिन्न स्थानहरूमा २०(२० जनाको टोली बनाई प्रदान गरिएको तालिममा ६० जनाको सहभागिता रहेको थियो ।

एक हप्ते भजनकीर्तन तालिममा सहभागीलाई प्रशिक्षकहरू सन्तोष अधिकारी, रमादेवी गौतम र साकार अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए ।

तालिममा सहभागीहरूलाई वडाध्यक्ष अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए । समापनका अवसरमा उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । वडाध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडासचिव युवराज पौडेलले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस