सुनको मूल्य बढ्यो

  • पोखरा न्यूज
  • २०८० माघ ७
सुनको मूल्य बढ्यो

पोखरा । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा ४ सय रुपैयाँ बढेर कारोबारमा आएको जनाएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम थियो ।

यसबाहेक आज चाँदीको मूल्यमा भने झनै गिरावट आएको छ ।

महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज ५ रुपैयाँले घटेर कारोबारमा आएको हो ।

शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३ सय ९५ रुपैयाँ थियो । जुन आज १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस