तनहुँ भिमादकी एक महिलाको काठमाडौंमा हत्या

पोखरा । तनहुँको भिमादकी एक महिलाको काठमाडौंमा हत्या भएको छ । हत्या ३ महिला अघि भएपनि माघ ३ गते मात्रै खुलेको हो ।

तनहुँ भिमाद नगरपालिका वडा नं. ५ की ५१ वर्षीया सफिना मियाँको ३ महिना अघि हत्या भएको पाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका शोभाभगवतीस्थित एक घरको ताल्चा लगाइएको कोठामा मियाको शव भेटिएको हो । कोठाबाट गन्ध आउन थालेपछि मात्र घटनाको रहस्य खुलेको हो । यहि माघ ३ गते प्रहरीले ताला फुटाएर कोठा भित्र पसेपछि मियाको शव भेटिएको हो ।

सुरुमा शवको पहिचान हुन नसकेपनि अनुसन्धान गर्दै जाँदा पत्ता लागेको प्रहरी प्रमुख खत्रीले बताए । हत्यामा संलग्न भएको आरोपमा प्रहरी एक जना भारतीय नागरिक नागरिक इक्रामउल अन्सारीलाई पक्राउ गरेको छ । पक्राउ परेका अन्सारी सिलाई बुनाई पेसा गर्दै आएका थिए ।

मिया र अन्सारी दुवै विवाहित हुन् । केही महिना अघिदेखि उनीहरु सँगै बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button