कास्की कांग्रेसको सम्मेलन : जिज्ञासा र प्रश्न

  • पोखरा न्यूज
  • २०८० माघ ७
कास्की कांग्रेसको सम्मेलन : जिज्ञासा र प्रश्न

सरोज केसी

२०५४ साल ताकाका तत्कालिन जनप्रतिनिधि कांग्रेस अग्रज नेताले कास्की कांग्रेसको हुन गइरहेको जिल्ला सम्मेलनका बारेमा फोन गरेर केहि सोध्नु भयो । जवाफमा मैले भने हामी मातहत पार्टीका संगठन र कार्यकर्ताले केहि सिक्ने, बुझ्ने छौँ कार्यक्रममै भेटौला ।

यसो भनिरहँदा केहि अनुत्तरित प्रश्न आफै सङ्ग रहे । जिल्ला सम्मेलनका आफ्नै विधि, विधान र प्रक्रिया छन् । हरेक सम्मेलनका केहि महत्वपूर्ण कार्य हुन्छन् । करिब २ हजार ३ सय जना नेता, कार्यकर्ता यसका उपस्थित हुनैपर्ने सदस्य हुन् । करिब २ हजार ५ सय जना कम्तीमा उपस्थितिको आशा गर्दछौँ ।

यसै पनि गण्डकी प्रदेश अघि हुनुपर्ने सम्मेलन ढिला गरि भएको छ । हामीले तल्लो तहका सम्मेलन सम्पन्न गरेर आउँदा त्यो समितिमार्फत निर्णय भएका दस्तावेज कहाँ, कसरी राख्न र उठाउन सकिन्छ ?

-सम्मेलन कर्मकाण्डी मात्रै होत पार्टीका अग्रजको फोन र आँफैलाई बुझाउन गाह्रो पर्यो । हाम्रो अनुभव खुल्ला सत्रमा नेताका एकोहोरो भाषण मात्रै सुन्ने कि, सिङ्गो कास्कीको संगठनका बारेमा बन्द सत्रमा आँखा जुधाएर दोहोरो संवाद गर्ने यति पनि हिम्मत छैन र नेतृत्वको ?

-पहिला बन्दसत्र सकेर त्यो प्रतिवेदन निर्णयसहित केन्द्रीय नेतालाई प्रश्न किन नगर्ने ?

-कास्की भित्रै केन्द्रित रहँदा केन्द्रीय नेतृत्वबाट किन उपेक्षामा पर्यो कास्की ?

-क्षेत्रीय समितिमार्फत निर्वाचन बागडोर सम्हालिरहँदा-हाकिँदा स्थानीय निकायमा कास्कीमा बहुमत प्राप्त कांग्रेसले गठबन्धन मै रहेको पोखरा महानगरको कांग्रेस उम्मेद्वार उप-मेयर किन गुमायो ?

-विभिन्न सत्ताधारी राजनीतिक ब्यवस्थापनमा जिल्लाको नेतृत्व किन एक्लै लर्बरायो मात्रै सीमित स्वार्थमा ?

-संघ-प्रदेश निर्वाचनमा ९ सिटमा ठूलो दलको इतिहास कायम गरेको कांग्रेस संघमा १ सिट र प्रदेशमा ३ सिट मै चित्त बुझाएर निर्वाचनमा होमियो । सिङ्गो जिल्लाभरिको जय पराजयको नैतिक जिम्मेवारी लिन किन सकेन नेतृत्वले ?

-त्याग, बलिदान र समर्पणको पार्टीमा सम्भावना र आवश्यकताको महसुसमा खडेरी लागेको अनुभूति रहेको बेला राजश्री ओहोदामा छनक गतिलो भएन भन्ने गुनासो किन कार्यकर्तामा आशा जोगाउन सकिएन ?

-निर्वाचन या अन्य बखत कास्की कांग्रेसको नियमित आम्दानी र चुनावताका विभिन्न ठाउँमा संकलित आर्थिक पाटामा बहस गर्ने कहाँ हो ?

-विभिन्न राज्यका निकायमा एकलौटी हस्ताक्षर र निर्णयले जनस्तरमा परेको असरको बहस कहाँ गर्ने ?

-मातहत तल्लो तह सञ्चालन सम्पन्न गर्दा बाध्यताले भएका कर्मकाण्डी कार्य, स्रोत, साधनले सम्पन्न अरुले बनाएको पार्टी अफिस र अरुले निर्माण गरेको संगठनमा गलत रबैया र गैर धन्दाको बहस कहाँ गर्ने ?

-नेता आउँदा एयरपोर्ट पुगेर गाडी र होटेल ब्यवस्था गर्न नसक्ने अब नेता हुन नपाउने हो ?

-कुनै उच्च निकाय, विकास र समृद्धि हासिलमा कास्कीको भूमिका दिनानुदिन अधोगतितर्फ उन्मुख रहनुका कारण कहाँ खोज्ने ?

-सम्मेलनको बन्दसत्र सुनिश्चित हँुदै पार्टी भित्रका थुप्रै रिक्त पदहरु लगायत गुटबन्दीमा पिल्सिएका भातृ सस्थाको बारेमा कहाँ बहस गर्ने ?

तथापि सम्भावनाको सकारात्मक आशाको दियो बाल्दै सम्पूर्णमा जिल्ला सम्मेलनमा हार्दिक निमन्त्रणा । जय नेपाल ।

(लेखक नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का सचिव हुन् ।)



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस