काठमाडौँ । ललितपुरको होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक व्यक्ति करेन्ट लागेर अचेत भएपछि सो प्रकरणमा जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई पक्राउ परेको छ ।
पीडितका परिवारको जाहेरीका आधारमा सञ्चालकविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका होटल सञ्चालक भण्डारी आइतबार पक्राउ परेको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार भण्डारीलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट अनुसन्धानका लागि तीन दिनको म्याद प्राप्त भएको कार्कीले बताए । होटलका अर्का सञ्चालक रोमी अर्यालको भने खोजी जारी रहेको उनले बताए ।
पीडित परिवारले दुई जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि यही माघ ४ गते दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पौडी खेल्ने क्रममा गत भदौ १५ गते मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनी अहिले अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution