पोखरामा मह खाने प्रतियोगिता, लामिछाने प्रथम

  • पोखरा न्यूज
  • २०८० माघ ८
पोखरामा मह खाने प्रतियोगिता, लामिछाने प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नंं. २३ का जीवनाथ लामिछाने मह खाने प्रतियोगितामा प्रथम भएका छन् ।

पोखरा-३१ वेगनासतालस्थित बेगनास मौरीघार उद्योगले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको मह खाने प्रतियोगिता लामिछाने प्रथम भएका हुन् ।

प्रतियोगितामा सहभागी ९ जनालाई पछि पार्दै लामिछाने प्रथम भएका हुन् । लामिछानेले १ मिनेट ४८ सेकेन्डमा ३ सय ग्राम मह खाएका थिए ।

प्रतियोगितामा पोखरा-३० खुदी निवासी वसन्त पौडेल २ मिनेट ८ सेकेण्डमा द्वितीय, पोखरा-२७ का विक्रम अधिकारीले २ मिनेट ११ सेकेण्डमा तृतीय भए भने पोखरा-३१ की सृजना लामिछानेले महिला प्रतिस्पर्धीका रुपमा पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा मह नै पुरस्कार प्रदान गरिएको थियो ।

पोखरा-३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, पोखरा-३१ का वडाध्यक्ष ढकनाथ कंडेल र मौरीपालक कृषक सूर्यप्रसाद लामिछाने पुरस्कार वितरण गरेका थिए ।

पोखरा ३१ वेगनासताल निवासी सूर्यप्रसाद लामिछाने दुई दशक अघिदेखि मौरीपालन व्यवसाय गरिरहेका छन् ।

उनी आफ्नो अनुहारभरी मौरीलाई राख्न सफल भइ चर्चामासमेत रहेका कृषक हुन् । लामिछाने विदेशीको गुलाम होइन, स्वदेशको माटोमा रमाउने सन्देशका दिन चाहन्छन् ।

नेपालमा विभिन्न किसिमका प्रतियोगिता हुने गरेका सन्दर्भमा आफूले यो प्रतियोगिता गण्डकीमा नै पहिलो पटक गरेको उनले बताए ।

आत्माले चाहेको चिज खान पाए उर्जा मिल्ने र आत्मा सन्तुष्टि मिल्ने र आर्थिक उपार्जनसमेत मिल्ने उनको धारणा छ ।

कार्यक्रममा वडाध्यक्षद्वय सुवेदी र कंडेलले कृषक लामिछानेको २० वर्ष देखिको अथक मेहनतको प्रशंसा गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस