लमजुङमा जीप दुर्घटना : १ जनाको घटनास्थलमै मृत्यु, २ जना घाइते

पोखरा । लमजुङमा आइतबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोर्दी गाउँपालिका वडा नं. ४ का ५४ वर्षीय पूर्णबहादुर तामाङ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार दुर्घटनामा घाइते हुनेमा दोर्दी गाउँपालिका वडा नं. ४ की ५४ वर्षीया गंगामाया गुरुङ र ४७ वर्षीया मनी तामाङ छन्। उनीहरुको अवस्था मध्यम रहेको छ ।

घाइतेको हाल सदरमुकाम बेशीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चपाइँले बताए ।

जिल्लाको दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेराबाट कामचोक जाँदै गरेको ग१ज ७५६१ नम्बरको बोलेरो जिप चौतारो मुनितिर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button