
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नं. १ भुमरमा ग१४प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ असर्दी का २८ वर्षीय हेमन्त जिटी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टका अनुसार पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको मोटरसाइकल गएराति करिब १० बजे कालीगण्डकी नदी किनारमा खसेर दुर्घटना भएको हाे।
जिटीकोको शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा राखिएको छ ।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।





