कास्की कांग्रेसको सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने

पाेखरा । नेपाली कांग्रेस कास्कीको आज  हुने जिल्ला सम्मेलन २०८० को सबै तयारी पूरा भएको पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिए ।

सम्मेलनका लागि सबै क्षेत्रीय प्रतिनिधिलाई परिचय पत्र प्रदान गरिएको र आन्तरिक सबै तयारी पूरा भएको उनले बताए । सम्मेलनको प्रचारप्रसार पनि तीव्र बनाइएको छ । सम्मेलन कास्की कांग्रेसको पार्टी कार्यालय प्रांगणमा हुनेछ ।

सम्मेलनलाई आन्तरिक एकता र मेलमिलापको बनाउने गरि छलफल र बहस तीव्र बनाइएको सचिव भानु ढकालले जानकारी दिए ।

सम्मेलनबाट जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म एकताको सन्देश प्रवाह गर्न चाहेको उनले बताए । सबैको सहकार्यले मात्र एकताको सन्देश प्रवाह हुने भन्दै उनले यसका लागि सबैसँग अपिल गरिएको बताए ।

सम्मेलनका लागि पार्टीको तल्लो तहसम्म छलफल र प्रचार प्रसार गर्दै आवश्यक सल्लाह, सुझाव पनि ग्रहण गरिएको सभापति किशोरदत्त बरालले जानकारी दिए ।

सम्मेलन एउटा कार्यक्रममा मात्र सीमित नहुने भन्दै सभापति बरालले सबै नेता कार्यकर्ताको भावना अटाउने गरि पार्टीको आगामी कार्यदिशा तय गरिने बताए । सम्मेलनमा करिब १ हजार ३ सयको सहभागिता रहने आँकलन गरिएको छ ।

सम्मेलन उद्घाटन पार्टीका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

सम्मेलनमा सभापित देउवासँगै उपसभापतिद्वय पूर्वबहादुर खड्का र धनराज गुरुङ, पूर्व महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अर्जुन जोशी लगायत सहभागी हुँदैछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button