मोवाइल चोर्ने २ बालक प्रहरी फन्दामा

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले चोरीमा संलग्न २ बालकलाई पक्राउ गरेको छ ।

माघ ६ गते गोरखा नगरपालिका वडा नं. ११ पन्ध्रकिलोस्थितमा सरला श्रेष्ठका नाबालक छोराले खेलाइरहेको मोबाईल दुई बालकले खोसेर भागेका थिए ।

मोवाइल चोरी भएको सूचना पाएपछि खोजतलास गर्नेक्रममा माघ ७ गते बालकहरुलाई मोवाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बालकहरुविरुद्ध चोरी कसुर शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालत गोरखाबाट निगरानी कक्षमा राखी अनुसन्धान गर्न म्याद थप अनुमति लिइ घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button