कांग्रेस नेतृ द्रौपदाको निधन, गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेललाई मातृशोक

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ ।

उनकी आमा, नेपाली काङ्ग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ ।

पोखरेलको १०२ वर्षमा आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।

द्रौपदाका ४ छोरा र २ छोरी छन् । उनका पति गोबर्द्धन शर्मा पोखरेलको यसअघि नै निधन भइसकेको छ ।

उनका छोराहरु संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यवती हुन् ।

द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि महत्वपूर्ण योगदान रहेको चर्चा गरिँदै आएको छ ।

द्रोपदा २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् ।

गोबर्द्धन शर्मा पोखरेलको पञ्चायतले सर्वस्वहरण गरेपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाई पोखरा हिरासतमा ल्याइएको बताइन्छ ।

गोबर्द्धन शर्मा भने राणा शासनको विरोधमा निकै क्रियाशील रहेका थिए ।

द्रौपदा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्यसमेत बनेका थिए ।

उनले गोबर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक भएर काम गरेकी थिइन् ।

उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button