कांग्रेस नेता एवं पोखरा-३० का वडासदस्य मानन्धरको निधन

पोखरा । नेपाली कांग्रेसका नेता एवं पोखरा महानगरपालिका वडा नं. ३० का वडासदस्य मंगलकाजी मानन्धरको निधन भएको छ ।

उनको ५६ वर्षको उमेरमा सोमबार बिहान ११ बजे निधन भएको हो ।

सुगर, प्रेसरका साथै मृगौला पीडित उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

स्वर्गीय मानन्धको बुधबार बिहान १० बजे गगनगौँडास्थित निवासबाटै शवयात्रासहित अन्त्येष्टि गरिने पोखरा-३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button