पोखरा । उपाधि दाबेदार थ्रीस्टार क्लबले तेइसौँ आहा रारा पोखरा गोल्डकपमा विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टारले आयोजक सहारा क्लवलाई २-१ गोलले पाखा लगाएको हो ।
यो जीतसँगै थ्रीस्टार आन्तिम आठमा प्रवेश गरेको छ । थ्रीस्टारले सेमीफाइनल प्रवेशका लागि शनिबार भुटानको पारो फुटवल क्लबको सामना गर्नेछ ।
खेलमा थ्रीस्टारलाई विजयी गराउन योगेश गुरुङ र एञ्जल महर्जनले निर्णायक भूमिका निर्वाह गरे । टिम कप्तानसमेत रहेका योगेश गुरुङले खेल सुरु भएको पाचौँ मिनेटमै गोल गरेर थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।
खेलको सुरुआतीमै गोल खान पुगेको आयोजक सहाराले केही आक्रामक खेलेको थियो । खेलको तेइसौँ मिनेटमा आशिष गुरुङले एक गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।
थ्रीस्टारले पहिलो हाफ भन्दा दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै ५९औँ मिनेटमा गोल थप्यो र खेललाई निर्णायक बनाएको थियो । थ्रीस्टारका एञ्जल गुरुङले गोल गर्दै टीमलाई विजयी गराएका हुन् ।
खेलमा थ्रीस्टारका कप्तान योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बुधबार राइजिङ स्टार एफसी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक सहारासहित १२ टोली सहभागी छन् । प्रतियोगिता विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution