पोखरामा जीप दुर्घटनाः चालकको मृत्यु, दुई जना घाइते

पोखरा । पोखरामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १८ का ४९ वर्षीय कृष्णबहादुर थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सो दुर्घटनामा पोखरा-१८ की वर्ष ६९ की हिमकला थापा र वर्ष ७० की चन्द्रकला थापा घाइते भएको र मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

आज बिहाज ९ः१५ बजे मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग३च २६०३ नम्बरको दूध बोक्ने बोलेरो जीप ब्रेक फेल भइ सडकबाट २० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button