भाषा संघ नेपालको अध्यक्षमा भान्साकार्य निर्वाचित

  • पोखरा न्यूज
  • २०८० माघ १०
भाषा संघ नेपालको अध्यक्षमा भान्साकार्य निर्वाचित

पोखरा । भाषा संघ नेपाल (ल्यान) को अध्यक्षमा सृजन भान्साकार्य निर्वाचित भएका छन् । संघको आठौँ साधरणसभा तथा पाँचौं अधिवेशले भान्साकार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा मोतीप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सविता शेरचन, महासचिवमा बाल कृष्ण शर्मा, सचिवमा सविन गौतम र कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य छन् ।

यस्तै, सदस्यहरुमा शंकरलाल श्रेष्ठ, लक्ष्मण पहारी, पूर्णकुमारी गुरुङ र सूर्य गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक इविन्द्रराज तिवारीले जानकारी दिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भान्साकार्यले आफ्नो कार्यकालमा संघले विगतमा गरेका कामहरुलाई निरन्तरता दिँदै सबैलाई समेटेर थप रचनात्मक कार्यक्रमहरु सार्वजनिक गर्ने प्रतिवद्धता जनाए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस