अठारौँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ५ गते, तयारी तीव्र

  • पोखरा न्यूज
  • २०८० माघ १०
अठारौँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ५ गते, तयारी तीव्र

पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२४ फाल्गुन ५ गते नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।

यस म्याराथनलाई सभ्य र भव्य बनाउनका लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ५ वटा अन्तर्राष्ट्रिय समिति (बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, हंगकंग, सर्भेया) बनाएर काम अघि बढाएको छ ।

अठारौँ संस्करणमा आइपुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिँदै म्याराथन पूरा गर्नेछन् । शुरुआत पोखरा रङ्गशालाबाट हुनेछ । समापन भने पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौरसाइटमा हुनेछ ।

सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्तर्राष्ट्रियता म्याराथनको मूल नारा “स्वास्थ्यका लागि, पोखराका लागि” रहेको छ ।

देशकै मोफसलमा हुने सबैभन्दा ठूलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आइरहेको छ ।

यसपटक म्याराथनलाई विशेष बनाउनका लागि मुख्य म्याराथनका विधाहरुका सहभागीलाई चिप्सको प्रयोग गरिने भएको छ । जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम विजेतालाई रु ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

साथै गण्डकी प्रदेशको खेलाडीहरूलाई प्रोत्साहनस्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ । अन्य बिदाहरू जस्तै महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्र, छात्रा, ह्विल चियर तथा दृष्टिविहीनतर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार राखिएको छ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अझ व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रालिको सफल दूधको मुख्य प्रायोजन रहेको छ ।

साथै शारीरिक तन्दुरुस्ती र पौस्टिकतासंँग सम्बन्ध राख्ने सफल दूधले पोखरावासीको स्वास्थ्य र खेलको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा कम्पनी विश्वस्त छ ।

विगत ९ वर्षदेखि लगातार प्रायोजन गर्दै आइरहेको सफल दूधले उपभोक्ताको स्वास्थ्यप्रतिको विश्वासलाई कायम गर्नुका साथै पोखरावासीको मन जित्न सफल भएको छ । सुजल डेरीले यस्तो कार्यक्रम आयोजना गरेकोमा गौरवान्वित महसुस गरेको छ ।

साथै मुख्य प्रयोजन ३ वर्षका लागि नवीकरण पनि गरेको कम्पनीले जनाएको छ ।

सबै पोखराबासीहरूलाई फागुन ५ गते हुन गइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भई “स्वास्थ्यका लागि, पोखराका लागि” दौडिन कम्पनीले आह्वान गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस