माघ स्नान आजबाट, यस्ता छन् महत्व

पोखरा । पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म चल्ने माघ स्नान आजबाट सुरु हुँदैछ । माघ महिनामा गरिएको तपले मानव जीवनमा ठूलो महत्व राख्दछ । यस माघ महिनामा मानव जीवन र पञ्चतत्वको विशेष समन्वय अनि निकटता रहने गर्दछ ।

हाम्रो शरीर पृथ्वी, जल, अग्नि, आकाश र वायुले बनेको हुन्छ । असली तपद्वारा हामी पञ्चतत्वको प्रभावलाई हामी उपर सकारात्मक बनाउन सक्दछौँ, माघ स्नान यिनै तपहरूमध्ये एक हो ।

पवित्र नदीहरुमा स्नान गर्दा शरीरमा पवित्रताको सञ्चार हुने गर्दछ । हाम्रो शरीरमा ७० प्रतिशत पानी हुन्छ र नदीहरु लगायत जल कुण्डमा स्नान गर्दा शरीरको अधिकतम् दोष र रोगहरू नाश हुने विश्वास गरिँदै आएको छ ।

माघ स्नानका लागि पोखराको गाईघाट, पर्वतको कालीगण्डकी, रुरु, त्रिवेणीधाम, शाली नदी, पवित्र बागद्वार, धनुषाको दूधकुण्ड, जनकपुरका पोखरीहरू, देवघाट लगायतका तीर्थस्थलहरूमा विशेष घुँईचो लाग्ने गर्दछ ।

माघ स्नानले माघ महिनाको तेज अनि प्रताप सबैमा फलिफाप हुने विश्वास गरिँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button