
पोखरा । बैकिङ्ग कसुरमा दोषी ठहर भएपछि फरार रहेकी तनहुँकी एक महिला एक वर्षपछि पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं. ८ की सावित्री भट्टराई रहेकी छन् ।
उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उच्च अदालत पोखराले २०७९ माघ ११ गते भट्टराईलाई बैकिङ्ग कसुरसम्बन्धी मुद्धामा दोषी ठहर गरेको थियो ।
अदालतको फैसला अनुसार उनले विभिन्न लगतमा गरि कूल २१ लाख ८४ हजार ८०० रुपैयाँ जरीवाना तिर्नुपर्छ ।
सो जरिवाना रकम नतिरि हिंडेपछि उनलाई पक्राउ गरि तनहुँ जिल्ला अदातलम बुझाइएको प्रहरीले जनाएको छ ।





