
काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका वडा नं. १ पाण्डुबजारका २० वर्षीय ओम केसी रहेका छन् ।
सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२२ प ८७३२ नम्बरको मोटरसाइकल बागमती प्रदेश-०२-०२१ प ९०३२ नम्बरको स्कुटरसँग चुनदेवीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्कुटर चालक सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी वृत्त जगातीले छ ।





