राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन : गण्डकीमा ८ जना प्रतिस्पर्धी

काठमाडौँ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । कानूनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ ।

राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।

निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।

हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार नौ सय ९८ मतदाता रहेका छन् । आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।

गण्डकीमा ८ जना प्रतिस्पर्धी

गण्डकी प्रदेशमा रिक्त ३ सदस्यका लागि ४ दलबाट ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका लागि २ वटा मतदान केन्द्र तोकिएको छ ।

हिला, अपांग र अन्य) खाली रहन गएको हो । गण्डकीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ ।

गठबन्धनबाट गोरखाका किरणबाबु श्रेष्ठ, तनहुँका पदमबहादुर परियार र पर्वतकी मनरुपा शर्माले मनोनयन दर्ता गराएका हुन् । तीमध्ये श्रेष्ठ र परियार कांग्रेसका हुन् भने शर्मा माओवादी नेतृ हुन् ।

यसैगरी एमालेबाट स्याङ्जाका चक्रबहादुर पराजुली, मुस्ताङका हेमन्द्र शेरचन र गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् ।
राप्रपाले अपांगताबाहेक अन्य २ सिटमा मनोनयन दिएको छ । कास्कीका राप्रपा नेता रोमबहादुर भण्डारी र तनहुँकी गौमाया श्रेष्ठ उम्मेदवार छिन् ।

गण्डकीबाट कुल २ सय ३० जना मतदाता छन् । तीमध्ये ६० सदस्यीय प्रदेश सभा (सदस्य) बाट ६० र ८५ पालिकाका (प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष) गरी १ सय ७० जना मतदाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button