पोखरा । आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । चार दिनसम्म लगातार स्थिर रहेको सुनको मूल्य आज बिहीबार भने घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँ थियो ।
यस्तै, सुनको मूल्य घटे पनि आज चाँदीेको मुल्यमा भने वृद्धि आएको छ ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १ हजार ३ सय ८० रुपैयाँ थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution