म्याग्दीको बेनी बजारमा एक युवकको हत्या

पोखरा । म्याग्दीमा आज साँझ एक युवकको हत्या भएको छ ।

साँझ ६ बजे बेनी नगरपालिका वडा नं. ८ क्याम्पसचोकमा सोही वडाको पिपलचोक बस्ने २२ वर्षका सुशिल गर्वुजाको हत्या भएको बताइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गर्बुजा रघुगंगा गाउँपालिका वडा नं. १ निवासी हुन् ।

प्रहरीका अनुसार दुई युवा समूहबीच झडप भएको र सोक्रममा खुकुरी चल्दा गर्बुजाको मृत्यु भएको हो ।

घटनामा संलग्न कसैको पहिचान हुन नसकेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button