पोेखरा लेडी जेसीजको वक्तृत्वकलामा जनकल्याण माविकी सञ्जु प्रथम

पोखरा । कास्कीको मादी गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनकल्याण माविकी सञ्जु गुरुङ प्रथम भएकी छन् । उनले सात हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

पोेखरा लेडी जेसीजको आयोजना तथा मादी गाउँपालिकाको सहकार्यमा आयोजित प्रतियोगितामा धु्रव माविकी सुस्मिता बराल द्वितीय, सीताराम माविकी एलीन विक तृतीय र धनुवास माविकी एलीन गुरुङले सान्त्वना स्थान हाँसिल गरेकी छन् ।

उनीहरुले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।

विजयी विद्यार्थीहरुलाई मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, वडा नं ४ का वडाध्यक्ष शिव सापकोटा, पोेखरा लेडी जेसीज अध्यक्ष गायत्री फुयाँलले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा मादी गाउँपालिका शिक्षा विभागीय प्रमुख खगेन्द्र लामिछाने, पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष जोर्जीना भट्टराई र शिक्षक हिमाल पौडेल थिए भने समय सूचकको भूमिकामा प्रवचनमाला संयोजक सकुन पौडेल रहेकी थिइन् ।

यसअघि कार्यक्रम शुभारम्भ गर्दै मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङले वक्तृत्वकलाले विद्यार्थीमा अन्तरनिहीत क्षमता प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा पोखरा लेडी जेसीजका पूर्वअध्यक्ष तथा लायन्सकी डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापा, मादी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष शिव सापकोटा, सीताराम माविका प्रधानाध्यापक तारा अधिकारी, संस्थाका सदस्य सकुन पौडेल, कार्यक्रम संयोजक सगुन पौडेल लगायतले बोलेका थिए ।

संस्थाकी अध्यक्ष गायत्री फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिलु चालिसे, आस्था पाठ कोषाध्यक्ष संगीता अधिकारी, धन्यवाद ज्ञापन सहसंयोजक सगुन पौडेल र सञ्चालन सचिव नन्दकुमारी (गीता) ढुङ्गानाले गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button