पोखरामा साइकल चोरको बिगबिगी, एकै दिनमा ९ जना चोर पक्राउ

पोखरा । वडा प्रहरी कार्यालय बैदामले साइकल चोरीमा संलग्न ९ जना बालकहरुलाई नियन्त्रणमा लिएको छ ।

विभिन्न स्थानबाट साइकल चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको सादा पोशाकसहितको प्रहरी टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरु सबै साइकलसहित नै पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ७, ८ र ९ का बालकहरु छन् । जसमा १५ वर्ष उमेरका ५ जना, १३ वर्ष उमेरका २ जना, १२ वर्षका १ जना र ११ वर्षका १ जना छन् ।

उनीहरुलाई आवश्यक सोधपुछ पश्चात सम्झाई बुझाई अभिभावकहरुको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button