पोखराको राट्रबैंक चोकबाट ६ जना जुवाडे रंगेहात पक्राउ

पोखरा । वडा प्रहरी कार्यालय बैदामले बिहीबार साँझ पोखराको राष्ट्रबैंक चोकस्थित समिता खाजा घरबाट ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्ने पोखरा-७ राष्ट्रबैकचोक बस्ने वर्ष ४५ की खाजा घर सञ्चालक समिता आले, राष्ट्रबैक चोक बस्ने वर्ष ४५ को रमेश वारिक, पोखरा-७ मासवार बस्ने वर्ष ४७ को सागर थापा मगर, पोखरा महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३२ का नविन रिंजाली, पोखरा महानगरपालिका वडा नं ७ बस्ने वर्ष ५२ का शुक बहादुर मगर र गोर्खा सुलिकोट गाउँपालिका वडा नं. ७ घर भई जिल्ला कास्की पोखरा ७ बस्ने वर्ष ४२ का डिल बहादुर मगर रहेका छन् ।

उनीहरुको साथबाट ४३ हजार ६ सय ५५ रुपैयाँ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय बैदामकै हिरासतमा राखिएको छ ।

उनीहरु विरुद्ध जिल्ला अदालत कास्कीबाट कानूनवमोजिम जुवासम्वन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button