पोखरा । गण्डकी प्रदेशका पूर्व सांसद दीपा रोका र युवा व्यवसायी विकास श्रेष्ठको संयुक्त लगानीमा पोखरा महानगरपालिका वडा नं. ९ बास्तोलाथरमा सिल्भर प्लेट पार्टी प्यालेस सञ्चालनमा आएको छ ।
पार्टी प्यालेसमा करिब ४ करोड लगानी भएको सञ्चालकहरुले दावी गरेका छन् । सात रोपनी क्षेत्रफलमा निर्माण भएको पार्टी प्यालेस एक हजार जना क्षमताको छ ।
प्यालेसमा फोटो सेसनकै लागि पानीको झरनासहितको वाल पेन्टिङ, हात्ती र त्यसको छाउराको मूर्ति बनाएर राखिएको छ । पार्टी प्यालेसको दक्षिणी क्षेत्रमा फराकिलो पार्किङ छ ।
पार्टी प्यालेसमा अन्यत्र भन्दा फरकपन दिन खोजिएको छ । ग्राहकलाई चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने व्यवस्था गरिएको छ ।
‘विवाह भोज हुँदा बेहुला, बेहुली, बेहुलाका बुबा, मामा, दाजुभाई, दिदीबहिनीसहितका नजिकका आफन्तलाई चाँदीको थालमा खाना खुवाउँछौं’, सञ्चालक रोकाले बताइन् ।
ब्रतबन्ध तथा पास्नीको भोजमा पनि सोही अनुसार चाँदीको थालमा भोजन गराइने उनले बताइन् । चाँदीको थालमा खाना खानेका लागि भोजनालय छुट्टै छ । उक्त भोजनालयलाई फूल र बत्तीले सजाइएको छ ।
शुभ कार्य गर्दा चोखो खाना खुवाउने परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित चाँदीको थालमा चाँदीकै चम्चाले खाना खुवाउने व्यवस्था गर्न लागेको अर्का सञ्चालक श्रेष्ठले बताए । उनले भने, ‘यसले भोज आयोजना गर्नेलाई पनि आफ्नो विवाह, ब्रतबन्ध, जन्मदिन अविष्मरणीय हुनेछ ।’
यसका अलावा पोखरामा पहिलो पटक पार्टी प्यालेसमै भोज आयोजना गर्दा कालिज, लोकल कुखुरा र खसीको मासुकोसमेत स्वाद पस्किने श्रेष्ठको भनाइ छ ।
सञ्चालका रोकाका अनुसार पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मदिन, सभा, सेमिनारसहित इन्डोर तथा आउटडोर क्याटरिङ सेवा प्रदान गरिनेछ । ‘आफ्नै च्वाइसमा फूल डेकोरेसनका साथ स्वादिष्ट परिकार हामी दिन्छौं’, उनले भनिन् ।
‘सिल्भर प्लेट, सबैभन्दा बेष्ट’ भन्ने नारासहित सञ्चालित पार्टी प्यालेस पोखरेलीको रोजाई बन्ने सञ्चालकहरुको दावी छ ।
खुल्ला तथा पर्याप्त क्षेत्रफलसहित पार्किङ सुविधाका कारणले पनि पार्टी प्यालेस सबैको रोजाई बन्ने सञ्चालकको विश्वास छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution