
पोखरा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बागलुङको ईमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्षलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निसीखोला गाउँपालिका वडा नं. ३ की २७ वर्षीया लक्ष्मी सेन सुनार रहेकी छन् ।
उनलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुनारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको बताइएको छ ।





