अर्काको घरमा आगो लगाएर भागेका प्रेम ५ महिनापछि पक्राउ

  • पोखरा न्यूज
  • २०८० माघ १२
अर्काको घरमा आगो लगाएर भागेका प्रेम ५ महिनापछि पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालयले अर्काको घरमा आगो लगाएर फरार भएका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको बडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानी घर भइ हाल बाग्लुङ नगरपालिका वडा नं. ३ गहते बस्दै आएका ५९ वर्षका प्रेमबहादुर विक (प्रतेल) रहेका छन् ।

प्रहरीका अनुसार विकले गत असोज ११ गते बाग्लुङ नगरपालिका वडा नं. ७ का रमेशराज पाण्डेको घरमा आगो लगाइदिएका थिए ।

आगलागीका कारण पाण्डेको घरमा रहेका सबै सामाग्री, नगद, गरगहना र परालको टौवासमेत जलेर नष्ट भएको थियो । सो आगलागीमा १९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसपछि विक फरार भएका थिए । उनी रुपन्देहीमा रहेको सूचना पाएपछि बाग्लुङ प्रहरीले रुपन्देही प्रहरीको समन्वयमा विकलाई पक्राउ गरी अदालत पेस गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

विकविरुद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस